केपी ओली प्रचण्ड माधव नेपाल एमाले


क्यानाडामा नेपाली टोलीको विजयी सुरुवात

सहयात्रा टिभी

काठमाडौँ । असार १८, क्यानाडा भ्रमणमा रहेको नेपालले पहिलो अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले हराउँदै विजयी सुरुवात गरेको छ ।

जितका लागि २ सय २१ रनको विजयी लक्ष्य पछ्याएको ओन्टारियो ४२ दशमलव ५ ओभरमा १ सय ५१ रनमा अल आउट भयो ।

ओन्टारियोका लागि ओपनर रियाजखान पठानले ८१ बलमा ३ चौकासहित सर्वाधिक ३६ रन बनाए । जश शाह ४४ बलमा ३ चौकासहित २० रनमा आउट भए । पहिलो विकेटका लागि यी दुई ओपनरले १३ दशमलव ३ ओभरमा ४३ रनको साझेदारी गरेका थिए । त्यसपछि निरन्तर विकेट गुमायो ।

मिहिर पटेल ४, नरेश बुढाऐर ४८ बलमा २ चौका र १ छक्कासहित २९ र निकोलस मनोहर २५ रनमा आउट भए । नेपालबाट खेली सकेका बुढाऐर पवन सरार्फको बलमा विनोद भण्डारीबाट क्याच आउट भए ।

नेपालका पवन सरार्फले ३ तथा दीपेन्द्रसिंह ऐरी, आरिफ शेख र किशोर महतोले २र२ विकेट लिए ।

त्यसअघि किंग सिटीमा मेपल लिफ मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २० रन बनायो ।

नेपालका विनोद भण्डारीले ५९ बलमा ८ चौकासहित सर्वाधिक ५७ रनको योगदान दिए । यस्तै, आसिफ शेखले ४२, देव खनालले २७, बसिर अहमदले २४, दीपेन्द्रसिंह ऐरी र आरिफ शेख समानले १९९१९, कुशल भुर्तेलले १३ तथा आदिल अन्सारीले १० रन जोडे ।

ओन्टारियोको शील पटेलले ३ विकेट लिए ।

नेपालले अब क्यानाडासँग दुई एकदिवसिय खेलपछि टोली स्कटल्यान्ड जानेछ । नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ । नेपाललाई आगामी वर्ष हुने एकदिवसिय विश्वकप ग्लोबल छनोट सिधैं खेल्न र ओडिआई मान्यतालाई निरन्तरता दिन बाँकी सबै खेल खेल्नु पर्ने हुन्छ ।

नेपाल १६ खेलमा ७ मा जित, ८ मा हार र १ खेल टाईका साथ १५ अंक जोड्दै पाँचौं स्थानमा छ ।

प्रकाशित : 2 July, 2022

प्रतिक्रिया दिनुहोस्