दिल्लीबाट उडान भरेको स्पाइसजेटको विमान आपतकालीन अवतरण

काठमाडौँ । असार १८, भारतको दिल्लीबाट जबलपुरका लागि उडान भरेको स्पाइसजेटको विमानलाई आपतकालीन अवतरण गराइएको छ ।
शनिबार बिहान दिल्लीबाट उडान भरेको उक्त विमानको क्याबिनमा धुवाँ देखिएपछि आपतकालीन अवतरण गरिएको स्पाइसजेटका प्रवक्ताले बताएका छन् ।
क्याबिनमा धुवाँ देखिएपछि चालक दलले विमानलाई दिल्ली विमानस्थलमै सुरक्षित अवतरण गराएका थिए । स्पाइसजेटका अनुसार सबै यात्रु सकुशल रहेका छन् ।