केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अश्लीलता बढेको भन्दै प्रतिष्ठानले बोलायो रोधीघर सञ्चालक र गायक गायिकालाई

सहयात्रा टिभी

काठमाडौँ । असार १८, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले लोकदोहोरी गीतमा अश्लील शब्दको प्रयोग गरेको भन्दै रोधीघर सञ्चालक र गायक गायिकालाई छलफलका लागि बोलाएको छ ।

प्रतिष्ठानले पत्र काटेरै सबै जनालाई आइतबार संघको कार्यालयमा बोलाएको हो ।

लोकदोहोरी गीतमा अश्लील शब्दको प्रयोअश्लीलता बढेको भन्दै प्रतिष्ठानले बोलायो रोधीघर सञ्चालक र गायक गायिकालाईग गरिएको भन्दै बेला बेलामा विभिन्न टीकाटिप्पणी र विरोध हुँदै आएको छ ।

लाइभ दोहोरीको नाममा युट्युबमार्फत अग्रणी कलाकारले समेत संस्थाको अनुरोधलाई उल्लंघन गर्दै अश्लीलता फैलाएको प्रतिष्ठानको दाबी छ ।

लोकदोहोरी गीतमा अश्लीलता प्रदर्शन गर्ने कलाकारलाई सचेत तुल्याउनेदेखि कारवाही गर्ने उद्देश्य रहेको प्रतिष्ठानले जनाएको छ । यसअघि पनि संस्थाले पटकपटक त्यसो नगर्न भने पनि उक्त आग्रहलाई कलाकार र रोधीघर सञ्चालकहरूले नटेरेका प्रतिष्ठानको आरोप छ ।

प्रकाशित : 2 July, 2022

प्रतिक्रिया दिनुहोस्