केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पूजाले फेरिन् बोली

सहयात्रा टिभी

काठमाडौँ । असार २०,  बोल्न नजान्दा नायिका पूजा शर्मा विवादमा तानिने गर्छिन् ।

दर्शकबाट पाएको मायालाई आफ्नो क्षमताले व्यवस्थापन गर्न नजान्दा उनले भोग्दै आएको समस्या हो । पूजाको लोकप्रियता नबढेको होइन, उनको दर्शक नभएका होइनन्, यद्यपि त्यो अनुसार उनले आफूलाई प्रस्तुत गर्न सकेकी छैनन् ।

यसको उदाहरण उनले पछिल्लो समय फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शनको बेला गरेको हरकत हुन् ।

यद्यपि हालै उनले आउँदो एक प्रोजेक्टका लागि अनमोल केसीलाई साइन गरेकी छिन् । यसमा निर्मात्री पूजा शर्मा छिन् भने निर्देशक सुदर्शन थापा । पूजाको समेत फिल्ममा अभिनय रहनेछ ।

पल बाहिर नआउँदासम्म फिल्म नबनाउने घोषणा गरेकी पूजाकै पहलमा अनमोल फिल्म खेल्न तयार भएका हुन् । यसमा उनका प्रेमी युद्ध बानियाको समेत सहयोग रहेको चर्चा फिल्म नगरीमा छ ।

प्रकाशित : 4 July, 2022

प्रतिक्रिया दिनुहोस्