केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्युठानमा चट्याङ लागेर दुई बालकको मृत्यु, ९ जना घाइते

सहयात्रा टिभी

काठमाडौँ । असार २१, प्युठानको ऐरावती गाउँपालिका-६ बिजुलीकोटमा सोमबार राति चट्याङ लागेर दुई जना बालकको मृत्यु भएको छ । त्यसक्रममा ९ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाका अनुसार चट्याङ लागेर स्थानीय ७ वर्षीय रोमन परियार र १२ वर्षीय किरण परियारको मृत्यु भएको हो ।

चट्याङ लागेर घाइते भएका उनीहरु दुवै जनाको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए ।

चट्याङ लागेर ऐरावतीको वडा नं.-६ का ५ जना र वडा नं-१ दाङवाङका ४ जना गरी ९ जना घाइते छन् । घाइते सबैको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । त्यसमध्ये दाङबाङकी ७० वर्षीया पोवी नेपालीको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित : 5 July, 2022

प्रतिक्रिया दिनुहोस्