रामेछापमा बस दुर्घटना, ९ जनाको मृत्यु

काठमाडौँ । असार २१, रामेछापमा यात्रुबहाक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज बिहान बस दुर्घटना भएको हो । दुर्घटनामा २४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाकारी दिएको छ । बस बिहान १० : १० बजे दुर्घटना भएको थियो ।
उद्धारकार्य जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान छ ।