केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज बुधवार तपाईंको राशिफल

सहयात्रा टिभी

आज – २२ असार २०७९ बुधवारको राशिफल

मेष

(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । शेयर बजारमा गरेको लगानीले राम्रो प्रतिफल देला ।

मिथुन

(का, कि, कु, घ, ङ, छ, के, को, हा) कलहको योग रहेको छ । खर्च हुने, विवाद पनि बढ्नेछ तर, दिउँसोबाट विद्या र बुद्धिले गरेको कामबाट राम्रो लाभ मिल्ने समय छ ।

सिंह

(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मित्र वा आफन्तको सहयोग मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । मिष्ठान्न भोजन प्राप्ति होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला ।

तुला

(रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मानसिक चिन्ता बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला ।

धनु

(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) छोटो दुरीको लाभदायक यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । धनार्जन हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

कुम्भ

(गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज मिहिनेत आफूले गर्नुपर्ने तर जस अर्कैले पाउने कमजोर दिन छ । आर्थिक क्षेत्रमा सङ्कट आउला । मुद्दा मामिला लाग्न पनि सक्छ ।

बृष

(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज भाग्योदय हुनेछ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ ।

कर्कट

(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कार्यसिद्धि हुने अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

कन्या

(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) घरमा अतिथिको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा र नयाँ कार्यको थालनी पनि होला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । नयाँ काम वा रोजगार पाइनेछ ।

मकर

(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ ।

मीन

(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । कार्य क्षेत्र या व्यावसायिक काममा सुधार आउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित : 6 July, 2022

प्रतिक्रिया दिनुहोस्