केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द

सहयात्रा टिभी

काठमाडौँ । असार २२, नेपाल र घरेलु टोली क्यानडाबीचको पहिलो एकदिवसीय रद्द भएको छ ।

फाइल तस्वीर

किङ सिटी स्टेडियममा तय खेल वर्षाको कारण रद्द भएको हो । वर्षाको कारण खेल टससमेत नभई रद्द भएको हो ।

दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाली टोलीले आज बुधबार दोस्रो एकदिवसीय खेल खेल्नेछ ।

विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो ।

यस अघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । दुबै खेल नेपालले जितेको थियो।

क्यानडासँगको सिरिजपछि नेपाली टोली स्कटल्याण्ड प्रस्थान गर्नेछन् ।

नेपालले स्कटल्याण्डमा हुने लिग टू अन्तर्गतको सिरिजमा घरेलु टोली र नामिबियासँग खेल्नेछ ।

प्रकाशित : 6 July, 2022

प्रतिक्रिया दिनुहोस्