सुनको भाउ आज १ हजार ६ सयले घट्यो

काठमाडौँ । असार २२, सुनको भाउ आज १ हजार ६ सयले घटेको छ । हिजो तोलामा ९७ हजार ६ सय रुपैयाँ रहेको भाउ आज ९६ हजार रुपैयाँमा झरेको हो ।
अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ महंगो भएकाले सुनको भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ अझै घट्न सक्ने सम्भावना छ । तर यसै भन्न सकिने अवस्था चाहीँ छैन, अहिले आफूहरु पर्ख र हेरको अवस्थामा रहेको महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर १ हजार १ सय ७५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।