अवदेखि यौन हिंसामा परेकालाई राज्य कोषबाट क्षतिपूर्ति दिने

सहयात्रा टिभी

काठमाडौँ । असार २४, संसदको कानुन न्याय तथा मानवअधिकार समितिले यौन हिंसामा परेकाहरुलाई राज्य कोषबाट क्षतिपूर्ति दिने निर्णय गरेको छ ।

समितिले यौन हिंसा विरुद्धका केही ऐन संसोधन गर्न बनेको बिधेयकमा हिंसा पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने निर्णय गरेको हो ।


समितिले विधेयकमा जनाए अनुसार अब यौन हिंसाका पीडकलाई गरिएको जरिवाना राज्यकोषमा जम्मा हुने छ । प्रचलित व्यवस्था अनुसार पीडितलाई पीडकबाट नै क्षतिपूर्ति दिलाउने व्यवस्था थियो । यो व्यवस्थाका कारण पीडकले ‘मैले दिएको पैसा खाएर बसेको छरछे’ भनेको सुनिएको र यसले पीडितलाई थप पीडा हुने र अपहेलित महसुस हुने गरेको भन्दै सांसदहरुले यसमा पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउनु पर्ने प्रस्ताव गरेका थिए । यसै बमोजिम हिंसा पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने निर्णय गरेको हो ।

प्रकाशित : 8 July, 2022

प्रतिक्रिया दिनुहोस्