सरकारी जग्गा ४० वर्षसम्म भाडामा दिने गरी ल्याईयो नयाँ कार्यनीति

सहयात्रा टिभी

काठमाडौँ । असार २४, सरकारले सरकारी जग्गा ४० वर्षसम्म लिज (भाडा) मा लगाउन सकिने गरी नयाँ कार्यनीति ल्याएको छ । यसअघि ३० वर्षसम्म मात्रै सरकारी जग्गा भाडामा लिन सकिने कानुनी व्यवस्था रहेको थियो । ८ वर्षपछि आएको नयाँ कार्यनीतिमा पनि सरकारी जग्गा भाडा लिंदा तिर्नुपर्ने न्युनतम् शुल्क भने बढाइएको छैन ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७१ सालको कार्यनीति खारेज गर्दै सरकारी जग्गा दर्ता, उपयोग र लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति २०७९ ल्याएको हो ।

नयाँ कार्यनीति बमोजिम व्यवसायिक संस्थालाई सरकारी जग्गा भाडामा लगाउन सार्वजनिक रुपमा प्रतिस्पर्धा गराउनुपर्ने प्रावधान छ । जसअनुसार अल्पकालीन रुपमा ५ वर्ष, मध्यमकालीन रुपमा १५ वर्ष र दीर्घकालीन रुपमा ४० वर्षको लागि लिन सम्झौता गरेर जग्गा भाडामा दिने व्यवस्था गरिएको छ ।

प्रकाशित : 8 July, 2022

प्रतिक्रिया दिनुहोस्