सरकारका ४२ उपलब्धि : वृद्धभत्तादेखि किसानलाई पेन्सन दिईने
सहयात्रा टिभी
काठमाडौँ । असार २९, सरकारले एक वर्षमा गरेका काम तथा प्रगतिको विवरण सार्वजनिक गरेको छ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले ४२ उपलब्धि सार्वजनिक गरेको छ ।
सरकारको उपलब्धिमा एमालेले गरेको ९ महिनादेखिको संसद अवरोधको अन्त्य भएको, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण जस्ता विषयलाई पनि समेटिएको छ ।
सरकारले ६८ वर्षमा वृद्धभत्ता दिने र किसानलाई पेन्सन दिने व्यवस्थालाई पनि उपलब्धि को रुममा राखेको छ ।