संसारकै महँगो फ्रेन्च फ्राइज

काठमाडौँ । साउन १, फ्रेन्च फ्राइज अर्थात तारेको आलुका टुक्राको मूल्य कतिसम्म पर्ला के हजुरले, एक प्लेट फ्रेन्च फ्राइजको मूल्य २५ हजार पर्छ भनेर पत्याउनुहुन्छ सायद पत्यार नलाग्ला। तर अमेरिकाको न्युयोर्कस्थित एक रेष्टुरेन्टले संसारकै महंगो फ्रेन्च फ्राइज तयार पारेको छ, जसको मूल्य प्रति प्लेट २५ हजार रुपैयाँ पर्दछ ।
न्युयोर्कस्थित सेरेन्डीपिटी रेष्टुरेन्टले तयार पारेको उक्त फ्रेन्च फ्राइजको मूल्य प्रति प्लेट २ सय अमेरिकी डलर हो । यो फ्रेन्च फ्राइजलाई संसारकै महँगो फ्रेन्च फ्राइजको रुपमा गिनिज बुकमा समेत उल्लेख भएको छ ।