बाँके र बर्दियामा वर्षा सँगै बाढीको जोखिम

काठमाडौँ । साउन ४, बाँके र बर्दियाका धेरै स्थानहरूमा आज बिहान भारी वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार बाँकेका ढकेरी र खजुरा, बर्दियाका राम्बापुर, रानीजरुवा नर्सरी र गुलरिया तथा आसपासका धेरै स्थानहरूमा भारी वर्षाहुने मापन गरिएको हो । यस क्षेत्रमा भारी वर्षाका कारण उक्त जिल्ला भई बहने साना नदीमा आकस्मिक बाढी समेत आउन सक्ने जनाइएको छ ।खोला आसपास र होचा स्थानहरूमा दिउँसोसम्म उच्च सतर्कता अपनाउन महाशाखाको अनुराध छ ।