भारि बर्षाका कारण सडक अबरुद्ध सँगै अस्तव्यस्त जनजिवन

काठमाडौँ । साउन ४, पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्डमा पहिरो खसेपछि गाडी चल्न अवरोध भएको छ । गएराति परेको पानीले आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पामा पहिरो खसेको थियो । अब पहिरो हटाउने काम भैरहेको छ । पृथ्वीराजमार्ग विस्तारका लागि ठाउँ ठाउँमा भित्ता काट्ने काम भएकाले पानी परेपछि पहिरो खस्ने गरेको छ ।
त्यस्तै सेती नदीमा पानीको बहाव बढ्नाले बझाङसडकखण्ड कटान गरेपछि यातायात सेवा बन्द भएको छ । नदीमा पानीको बहाव बढेपछि सदरमुकाम चैनपुर जोड्ने सडक कटान हुन थालेको हो ।
सेती नदीकै कारणले जयपृथ्वी राजमार्गअन्तर्गत जालेबगरमा सडक कटान गरेपछि यातायात बन्द भएको छ । साना सवारीसाधन आवतजावत भइरहे पनि ठूला सवारीसाधन भने ठप्प छन् । गएको वर्ष बाढीले बगाएको यो सडक पुनःनिर्माणको काम नसकिँदै फेरि गए राति बगाएको हो । सडक बगाउँदा धनगढी, काठमाण्डौलगायत ठाउँ जाने तथा जिल्ला भित्रने यातायातका साधन बाटोमै थन्किएका छन् ।
त्यस्तै बिहानै देखिको अविरल बर्षाकै कारण कैलालीको धनगढी बजार जलमग्न भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १, २, ३ र ५ बस्तीहरु डुबानमा परेका छन् । डुबानका कारण आउजाउ गर्न र व्यापार व्यवसाय सञ्चालन गर्न कठिन भएको छ ।