भारी वर्षा सँगै बाढीकाकारण मेलम्ची–हेलम्बु सडक अवरुद्ध

सहयात्रा टिभी

काठमाडौँ । साउन ५,निरन्तरको वर्षासँगै आएको बाढीले मेलम्ची–हेलम्बु सडकखण्डको ठाउँ–ठाउँमा बाटो बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ

 

हेलम्बुको ढुङ्गेबजार र मेलम्चीको सीमखेतमा पनि सडक अवरुद्ध भएको जानकारीमा आएको छ । गएराति भारी वर्षा हुँदा हेलम्बुका ग्याल्थुमलगायत क्षेत्रका बासिन्दा घर बाहिर बस्न बाध्य भएका थिए । सिन्धुपाल्चोकको मेलम्ची खोलास्थित नाकोते र आसपासमा गएराति भारी वर्षा भएको थियो । जलसतह बढेपछि मेलम्चीको तटीय क्षेत्रमा बाढी तथा भिरालो जमिन भएको ठाउँमा पहिरो जानसक्ने भएकाले सतर्कता अपनाउन स्थानियलाई आग्रह गरेको छ ।

प्रकाशित : 21 July, 2022

प्रतिक्रिया दिनुहोस्