विश्वको विशाल पाण्डाको ३५ वर्षको उमेरमा ‘इच्छामृत्यु’

सहयात्रा टिभी

काठमाडौँ । साउन ६, विश्वको सबैभन्दा बुढो र विशाल भाले पाण्डाको मृत्यु भएको छ ।यो पाण्डाको उमेर ३५ वर्षको वृद्ध र असक्त पनि भएको कारण ठोस भोजन खान बन्द गरेको थियो । एन एन नामको यो पाण्डालाई बिहिबार बिहान हङकङको ओशन पार्कमा इच्छा मृत्यु दिइयो ।

 

यसले पछिल्लो निकै समय अघिदेखि पानी वा इलेक्ट्रोलाइटयुक्त तरल पदार्थ मात्रै खाइरहेको थियो । यो पाण्डाको हेरविचार गरिरहेको पार्कका अनुसार पाण्डा आफ्नो मृत्युभन्दा अघि निकै निष्क्रिय भइसकेको थियो ।

कर्मचारीले उनको समस्या कम गर्नका लागि उसलाई मेडिकल सहायत पनि दिइरहेका थिए ।ओशन पार्कको बयानमा भनिए अनुुसार एन एनको स्थिति २१ जुलाई २०२२ मा असाध्यै खराब भएको थियो त्यसैले बिहिबार बिहान स्थानीय समयानुसार ८ः४० बजे एन एन लाई इच्छा मृत्यु दिने प्रक्रिया पूरा गरियो । एन एन हाम्रो परिवारको एक महत्वपूर्ण सदस्य थिए यो दुःखद कुरा हो तर उसलाई बिर्सन सकिँदैन ।

 

प्रकाशित : 22 July, 2022

प्रतिक्रिया दिनुहोस्