चीनमा यो हप्ता उच्च तापक्रम हुने विज्ञहरूको चेतावनी

काठमाडौँ । साउन ८, चीनका केही भूभागमा उष्णलहरका कारण अबको १० दिन उच्च तापक्रम हुने अनुमान गरिएको छ । दक्षिण–पूर्वी जेजियाङ प्रान्तका केही सहरले उच्च तहको चेतावनी जारी गरेका बीबीसीले जनाएको छ ।
केही प्रान्तहरूमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान गरिएको छ । सङ्घीय सरकारले जङ्गलमा डढेलो लाग्न सक्ने चेतावनी दिएको छ ।
उष्णलहरलाई झेल्न चीनमा धेरै मानिसहरूले घर, कार्यालय र उद्योगमा वातानुकूलित उपकरण प्रयोग गर्न थाले पनि त्यसले राष्ट्रिय ऊर्जा आपूर्तिमा असर पार्न सक्ने देखिन्छ ।
मानव सिर्जित जलवायु परिवर्तनका कारण संसारभर उष्णलहर नियमित, जोखिमपूर्ण र लामो बन्दै गइरहेका छन् ।विश्वभरका देशहरूले उत्सर्जन कम नगरे तापक्रम बढिरहने विज्ञहरूले चेतावनी दिएका छन् ।