केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा लेख्न सरकारले थाल्यो पहल

सहयात्रा टिभी

काठमाडौँ । साउन ८, सरकारले इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा नै लेख्ने गरी प्रक्रिया अघि बढाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ठेकेदार कम्पनी टाइगर डेकाटुरलाई पत्र लेखेर इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा लेख्नका लागि भनेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले इम्बोस्ड नम्बर प्लेट जडानबारे अध्ययन गर्न एक कार्यदल बनाएका थिए । कार्यदलको प्रतिवेदनअनुसार सरकारले नम्बर प्लेटको बनोट र भाषा नेपालीमा परिवर्तन गर्नका लागि अध्ययन गरेको हो ।


मन्त्रालयले प्रदेशको नाम मात्रै नपाली भाषामा लेख्दा र पुरै नम्बर प्लेट नै नेपाली भाषामा लेख्दा थप आर्थिक भार पर्नेरनपर्ने लेखेर पठाउन ठेकेदार कम्पनी टाइगरलाई लिखित पत्राचार नै गरेको छ ।

त्यस्तै, मन्त्रालयले दुई पांग्रेबाहेकका सवारीको अगाडिको भागमा जडान हुने नम्बर प्लेटको स्वरुप फेर्नेबारे पनि सुझाव मागेको छ । दुई वटा मात्रै ‘नट’ले कस्दा झर्ने समस्या देखिएको भन्दै अगाडिको प्लेटलाई पनि ४ वटा ‘नट’ लगाएर कस्न सम्भव छ या छैन भनि राय माग गरेको छ ।

यातायात व्यवस्था विभागले एकपटक जोडेको इम्बोस्ड प्लेट निकाल्न खोजे च्यात्नैपर्ने भएकाले सवारी साधन चोरीको समस्या हट्ने दावी गरेको थियो ।

इम्बोस्ड प्लेट हराएमा सवारी धनीले फेरि नयाँ शुल्क तिरेर अर्को प्लेट जोड्नुपर्छ । अहिले यसरी प्लेट जडानका लागि यातायात व्यवस्था कार्यालयमा जानेको संख्या पनि बढ्दै गएको छ । पछिल्लो समय अधिकांश सवारी साधनमा जोडिएका इम्बोस्ड प्लेट आफैं खुम्चिँदै जाने समस्या देखिएको गुनासो बढिरहेको छ । मन्त्रालयले प्लेटको गुणस्तरबारे पनि ठेकेदार कम्पनीलाई सचेत गराएको छ ।

प्रकाशित : 24 July, 2022

प्रतिक्रिया दिनुहोस्