शिवलाई चढाइने सामाग्री स्वास्थ्यका लागि लाभकारी

सहयात्रा टिभी

आज साउनको दोस्रो सोमबार । साउनको सोमबार शिवालय जाने, पूजाआजा गर्ने, ब्रत–उपवास बस्ने गरिन्छ । साउनको सोमवारलाई विशेष मानिन्छ । त्यसैले सोमबार शिव आराधना गर्दै शिवलिंगमा जल, दुध, वेलपत्र र धतुरो चढाइन्छ । यि कुरा मानव स्वास्थ्यका लागी समेत अत्यन्त लाभकारी मानिन्छ ।

– शिवलिंग वा मन्दिरमा चढाइने जति पनि चिज छन्, ति औषधीय गुणले भरिपूर्ण हुन्छन् । यसबेला भोजन तालिका पनि स्वस्थ्यकर हुन्छ । राती सुत्ने वेला दुध खाने र बिहान उठ्नासाथ पानी खाने र खाना पछि मोहि खाने हो भने बिरामी परिदैँन ।

– दुध आफैमा पूर्ण भोजन हो, जसमा शरीरलाई चाहिने सम्पूर्ण पौष्टिक तत्व पाइन्छ ।

– यसबेला शिवालयमा चढाइने धतुरोको पनि विशेष औषधीय महत्व छ । यसको प्रयोगबाट कैयौं रोग निदान गर्न सकिन्छ ।

– छाला, श्वासप्रश्वास, पायल्स, दाँत, पेटको समस्या निदानमा पनि धतुरो उपयोगी मानिन्छ ।

– धतु्रोको पञ्चाङको रस तीलको तेलमा पकाएर राख्ने र मालिस गर्नाले जोर्नी दुखेको ठीक हुन्छ । साथै छालामा लगाउँदा पनि छालाको समस्या ठीक हुन्छ ।

– कानवाट पिप बग्ने समस्या भएमा शुद्ध तोरीको तेलमा गन्ध र धतुरो पातको रस पकाएर राख्ने र दिनमा एक थोपा कानमा राख्नाले राम्रो हुन्छ ।

– धतुरोमा भिटमिन सि, पोटासियम नाइट्रेट, उडनशील तेल, क्लोरोजेनि एसिड पाइन्छ ।

प्रकाशित : 25 July, 2022

प्रतिक्रिया दिनुहोस्