यातायात मन्त्री इश्तियाकको निजी गाडी ‘नो पार्किङ’मा , ट्राफिकले तिरायो जरिवाना,

काठमाडौँ । साउन ९, ललितपुरको जाउलाखेलस्थित निषेधित क्षेत्रमा पार्किङ गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईको गाडीलाई आज बिहान ट्राफिक प्रहरी जवान सुरेद्न सिंह धामीले जरिवाना लगाएका हुन्।
प्रयोगकर्तामा ‘माननिय मोहम्मद इश्तियाक राई’ लेखिएको बा २२ च २५८३ नम्बरको निजी गाडीलाई ‘नो पार्किङमा’ पार्क गरेको भन्दै जाउलाखेलस्थित ट्राफिक वृत्तले एक हजार रूपैयाँ जरिवाना लगाएको हो। गाडीमा संघीय संसद सचिवालयले सांसद राईलाई संघीय संसद भवन प्रवेश गर्न दिएको पत्रसमेत टाँस गरिएको थियो।
सवारी आवागमन बाधा पर्ने गरी पार्किङ गरिएको सवारीलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।