चलचित्र विकास बोर्डका अध्यक्षमा पदभार ग्रहण गर्दै अभिनेता भुवन केसी

सहयात्रा टिभी

काठमाडौँ । साउन ११, अन्ततः अभिनेता भुवन केसी दोस्रो प्रयासमा नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भइ पदभार ग्रहण गरेका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

 

आज बिहान बोर्डको कार्यालय पुगेर केसीले पदभार ग्रहण गरेका हुन् । उनी बोर्डको कार्यालय पुग्दा कर्मचारीहरुले फूल–मालाले स्वागत गरेका थिए ।
हाजिरी पुस्तिकामा हस्ताक्षरपछि कुरा गर्दै उनले नेपाली फिल्म क्षेत्रको समस्याबारे आफू नजिकबाट जानकार रहेको बताए । चाँडै चलचित्रकर्मीलाई बोलाएर सुझाव संकलन गर्ने र सोहीअनुसार कार्यान्वयनतर्फ अघि बढ्ने आफ्नो योजना रहेको उनले बताए ।

 

 

प्रकाशित : 27 July, 2022

प्रतिक्रिया दिनुहोस्