केपी ओली प्रचण्ड माधव नेपाल एमाले


(जीटूजी): नेपाल र भारतबीच पाँच वर्षका लागि रासायनिक मल आपूर्ति गर्ने सम्झौता

सहयात्रा टिभी

काठमाडौँ । साउन १२, जीटूजी ( सरकारदेखि सरकार ) सम्झौता, नेपाल र भारतबीच पाँच वर्षका लागि रासायनिक मल आपूर्ति गर्ने सम्झौता भएको छ । सोहि सम्झौता अनुसार रासायनिक मल आउने निश्चित भएको छ । 

गएको फागुनमा दुई देशबीच पाँच वर्षका लागि जीटूजीको माध्यमबाट मल खरिद गर्ने सम्झौता भएको थियो । सम्झौताको ६ महिनापछि मल नेपाल आउने निश्चित भएको त्यसका लागि सरकारले तत्काल रकम व्यवस्था गर्न कृषि सामग्री कम्पनी लिमिटेडले जानकारी दिएको छ ।

भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर लिमिटेडबाट नेपालले मल खरिद गर्ने सम्झौतामा उल्लेख गरेको छ ।  भारत सरकारसँग मूल्य, ढुवानीलगायत अन्य सबै कुरामा सहमति भएको र भारतले नेपालको भण्डार स्थलसम्म मल ल्याइदिने पनी सम्झौतामा उल्लेख गरीएको छ ।
सम्झौता अनुसार पहिलो वर्ष १ लाख ५० हजार मेट्रिक टन दिने र त्यसपछि हरेक वर्ष १० प्रतिशत वृद्धि गर्दै जाने सहमति भएको छ ।
एक लाख मेट्रिक टनका लागि गरिएको ग्लोबल टेन्डरमध्ये ३० लाख मेट्रिक टन कोलकाता बन्दरगाहमा आइपुगेको र  १/२  दिनभित्रै नेपाल भित्रिन सुरु हुने पनि सरकारले जनाएको छ हाल देशभर झन्डै ८० प्रतिशत रोपाइँ सकिएपछि बल्ल मल आउने सुनिश्चित भएको छ । यो मल पछिल्ला गहुँ बाली देखि प्रयोगमा आउन शुरु हुने छ ।

प्रकाशित : 28 July, 2022

प्रतिक्रिया दिनुहोस्