बढ्दो कोभिड महामारी फैलिन नदिन प्रधानमन्त्री देउवाको आग्रह

सहयात्रा टिभी

काठमाडौँ । साउन १२, वीर अस्पतालको १३३ औं वार्षिकोत्सवको अवसर पारेर प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड महामारी फैलिदै  गएकोमा चिन्ता व्यक्त गर्दै माहामारीलाई पूर्णरुपमा नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

कार्यक्रममा बोल्दै उनले भविष्यमा आउन सक्ने विभिन्न महामारीहरुको नियन्त्रणका लागि पनि सरकारले आफ्नो सामर्थ्यको विकास गर्नुपर्ने बताए । क्यान्सरजस्ता घातक रोगहरुको समयमै सहज ढंगले उपचार हुने व्यवस्था मिलाउन पनि सम्बन्धित स्वास्थ्य संस्थाहरुले ध्यान दिनुपर्ने विश्वास व्यक्त गरे ।

केही समययता मत्थर भएको कोभिड महामारी पुनः विस्तारै फैलिदै जाने खतरा देखिएको र यसलाई पूर्ण रुपमा नियन्त्रण गर्दै भविष्यमा आउनसक्ने अन्य विभिन्न किसिमका महामारीसँग जुध्ने सामर्थ्य जुटाउदै अघि वढ्न सम्पुर्ण नेपालिलाई यसै कार्यक्रमबाट आग्रह गरेको जानकारी दिए ।

प्रधानमन्त्री देउवाले स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकता भन्ने नारा सहित सर्वसाधारण नागरिकलाई स्वास्थ्य सेवा सर्वसुलभ ढंगले उपलब्ध गराउन सरकार कटिबद्ध रहेको पनि बताए । स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रुपमा संविधानमै व्यवस्था गरेको स्पष्ट पार्दै उनले सरकारले त्यसका लागि आवश्यक बजेटको व्यवस्था समेत गरेको बताए ।

प्रकाशित : 28 July, 2022

प्रतिक्रिया दिनुहोस्