पोखरामा भारी वर्षाका कारण १०० घर डुबानमा

काठमाडौं । साउन १६, निरन्तर परेको भारी वर्षाका कारण पोखरा महानगर वडानम्बर १३, कमलपोखरी क्षेत्र डुबानमा परेको छ । मानवीय क्षति भने भएको छैन। तर १०० भन्दा बढी घर डुबानमा परेको जनार्ईएको छ ।
आइतबार रातिदेखि नै कमलपोखरी आसपासका क्षेत्र डुबानमा परेकाले घरहरु डुवानमा परेका हुन् । पोखरा १३ कमलपोखरी क्षेत्र बर्सेनि डुबानमा पर्दै आइरहेको ठाउँ हो ।