किरण चेमजोङले फुटबल मैदानमै प्रेमिकालाई औंठी लगाइदिएर गरे विवाहको प्रस्ताव

काठमाडौं । साउन १७, नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेमजोङले माल्दिभ्सको खेल मैदानमै प्रेमिकालाई औंठी लगाइदिएर विवाहको प्रस्ताव सँगै उनको प्रेमले औपचारिकता पाएको जानकारीमा आएको छ ।
सोमबार माल्दिभ्सको धिवेही प्रिमियर लिगको फाइनल थियो । लिगको उपाधि किरण आवद्ध क्लब माजिया स्पोर्ट एण्ड रिक्रएसनले जित्यो । किरण प्रतियोगिताकै उत्कृष्ट गोलकिपर बने त्यसै खुसीयालीसँगै उनले आफ्नो टिमको साथमा प्रेमिकालाई प्रेम प्रस्ताव राखेका हुन् ।
चेमजोङ कञ्चनसँग लामो समयदेखि प्रेममा थिए । सोमबारको प्रस्तावले उनको प्रेमले औपचारिकता पाएको छ । त्यसै क्रममा उनले आफ्नी प्रेमिका कञ्चन निरौलालाई औंठी लगाइदिएर विवाहको प्रस्ताव राखेका भिडियो फेसबुकमार्फत सार्वजनिक गरेपछि, हामी माझ जानकारीमा आएको छ ।