अर्थसचिव मरासिनीको यस्तो अडानले प्रमाणित गरिदियो जनार्दन शर्माको अपराध

सहयात्रा टिभी

काठमाडौँ । साउन २३, सरकारले अर्थ सचिवको जिम्मेवारी तत्कालका लागि राजस्व सचिव कृष्णहरि पुष्करलाई दिएको छ । राजस्व सचिव पुष्करलेनै अर्को सचिव नआइन्जेलसम्म दुवै सचिवको रुपमा काम गर्ने जिम्मेवारी पाएका हुन् । बिहीबार मन्त्रिपरिषद बैठकले अर्थमन्त्रालयका राजस्व सचिव पुष्करलाई अर्थ सचिवको समेत काम गर्ने जिम्मा दिएको हो ।

त्यस्तै, बैठकले अर्थ सचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ । मरासिनी गत आइतबारदेखि अर्थ मन्त्रालयमा हाजीर नभई विदामा बसेका थिए ।

जनार्दन शर्मा पुनस् मन्त्री भएर आएपछि मारसिनी मन्त्रालयमा आउन अस्वीकार गरेका थिए । स्रोतका अनुसार मरासिनीले शर्मामाथि लागेको आरोप सही रहेको जनाइ प्रधानमंत्री शेरबहादुर देउवालाई अर्थ मन्त्रालय नजाने बताएका ह्न् ।

अर्थसचिवले स्वयमले मन्त्रालयमा रहेर काम गर्न इच्छुक नरहेको भन्दै सरुवा मागेपछि सचिव मरासिनीको यो अडानसंगै संसदीय छानविन समितिले शर्मालाई निर्दोष ठहर गरे पनि दोष प्रमाणित भएको छ ।

प्रकाशित : 8 August, 2022

प्रतिक्रिया दिनुहोस्