विद्यालयको बससहित चार सवारी आपसमा ठोक्किए, एक दर्जन घाइते

हेटौंडा । साउन २३, मकवानपुरको हेटौँडामा विद्यालयको बससहित ४ वटा सवारी आपसमा ठोक्किँदा एक दर्जन बढी घाइते भएका छन् ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा- १५ रागोमाटे क्षेत्रमा विद्यालयको बससहित ४ वटा सवारी एक आपसमा ठोक्किएका प्रहरीले जनाएको छ । घाइते मध्ये केही हेटौंडाको रिलायन्स विद्यालयका विद्यार्थी पनि छन् ।
सुरुमा कार र ट्याङ्कर ठोक्किएर दुर्घटना भएको र त्यसपछि नजिकै रहेका ट्र्क र स्कुल बस ठोक्किएको थियो । दुर्घटनामा घाइते भएकाहरुलाई हेटौंडा अस्पतालमा लगिएको छ । दुर्घटनामा घाइते भएका बालबालिका त्रसित छन् ।