इजरायल, गाजा युद्धविरामको संयुक्त राष्ट्रसङ्घद्धारा स्वागत

सहयात्रा टिभी

काठमाडौँ । साउन २३, संयुक्त राष्ट्रसङ्घले महासचिव एन्टोनियो गुटर्रेसले इजरायल र गाजामा भएको युद्धविरामको स्वागत गरेका छन् ।

महासचिव गुटर्रेस गाजामा भएको आक्रमणबाट त्यहाँका बालबालिका तथा महिलालगायत सर्वसाधारण नागरिकको ज्यान गएको घटनाबाट आफू दुःखी रहेको बताएका छन् ।

उन यस्तो हिंसात्मक हमलाको अन्त्य गरेर सबै प्रकारका समस्याहरुको समाधानका लागि शान्तिपूर्ण माध्यमबाट अघि बढ्न पनि यसअघि आग्रह गरेका थिए ।

प्यालेस्टीनियन इस्लामिक जिहाद, पिआइजे र अर्को अतिवादी समूहका कारण गाजामा इजरायलत तर्फबाट हमला भएको थियो । त्यसमा परेर ४३ जनाको ज्यान गएको थियो भने अरु दुई सयभन्दा बढी मारिएका थिए ।

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले महासचिव गुटर्रेसले हाल इजरायल र गाजाका तर्फबाट भएको युद्धविरामको स्वागत गर्दै आगामी दिनमा दुवै तर्फलाई शान्तिको माध्यमबाट अघि बढ्ने काममा सहयोग गर्ने बताएको जानकारी दिए ।

उनले हिंसात्मक हमलाका घटनाहरु नहोउन भनेर दुवै तर्फबाट संयमता अपनाउन पनि सबैलाई आग्रह गरेको प्रवक्ता डुजारिकको विज्ञप्तिमा जनाइएको छ । (रासस/सिन्ह्वा)

प्रकाशित : 8 August, 2022

प्रतिक्रिया दिनुहोस्