केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकारको लक्ष्यमा महिला प्रतिनिधिको सहभागीता संघीयमा ४०, प्रदेशमा ४२ प्रतिशत गराउने प्रतिवद्धता

सहयात्रा टिभी

काठमाडौँ । साउन २४, सरकारले सन २०३० सम्ममा संघीय संसदमा ४० प्रतिशत, प्रदेश सभामा ४२ प्रतिशत महिला प्रतिनिधित्व गराउने लक्ष्य राखेको छ ।

यस लक्ष्यमा सरकार प्रतिवद्ध रहेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले जानकारी दिनु भएको छ । मंगलबार प्रतिनिधि सभामा बोल्दै मन्त्री बन्दीले थपे, ‘मलाई लाग्छ, यो लक्ष्यमा दलहरु पनि प्रतिवद्ध छन ।’

सांसद विन्दा पाण्डेले आगामी निर्वाचनमा प्रदेश र संघीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउनुपर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री बन्दीले यस्तो जानकारी दिनु भएको हो ।

प्रकाशित : 9 August, 2022

प्रतिक्रिया दिनुहोस्