केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विश्वकै अग्ला बडी बिल्डर

सहयात्रा टिभी

काठमाडौं । साउन २४, वास्तवमा सुगठित जीउ बनाउनु सजिलो काम छैन । जिमखानामा केहिबेर पसिना बगाउँदैमा सिक्स प्याक बन्दैन । यसका लागि पर्याप्त, सन्तुलित, पौष्टिक तथा स्वस्थ आहारको नियम पनि पालना गर्नुपर्दछ ।

संसारका सबैभन्दा अग्ला बडी बिल्डरको दैनिक खानेकुराको मात्रा यदि तपाईंले थाहा पाउनुभयो भने तिनछक पर्नुहुन्छ । किनकि उनको एक दिनको खुराकले चारजना सामान्य मानिसलाई पुग्दछ ।

विश्वका सबैभन्दा अग्लो जीउ भएका बडी बिल्डरको नाम ओलिभर रिक्टर हो । उनको शरीरको उचाइ ७.२ इन्च छ । शरीरको वजन १५० किलो छ ।
गिनिजबुक रेकर्डधारी ओलिभर सोसल मिडिया स्टार पनि हुन् र उनका इन्स्टाग्राममा पाँच लाखभन्दा धेरै फलोअर्स छन् । अभिनेतासमेत रहेका ओलिभरले विभिन्न हलिउड फिल्ममा अभिनय गरिसकेका छन् । हालैको एक अन्तरवार्ताका क्रममा ओलिभरले आफ्नो दैनिक खुराकका बारेमा खुलासा गरेका छन्। ओलिभरका अनुसार उनले दैनिक ६ देखि ७ हजार क्यालोरी ऊर्जा पाउने खानेकुरा खान्छन् । जबकि सामान्य मानिसलाई करिब २२ सय क्यालोरीले पुग्दछ ।

उनको दैनिक आहारामा ३०० ग्राम प्रोटिन हुन्छ । जसका लागि उनले आधा पाउण्ड साल्मोन माछा र ओट प्रोटिन शेक पिउँछन् । शेकबाट उनले दैनिक ७०० क्यालोरी प्राप्त गर्दछन् । त्यसमा ६ कप ओट, आधा कप भ्यानिला प्रोटिन पाउडर तथा पानी मिसाइएको हुन्छ ।

एजेन्सी

प्रकाशित : 9 August, 2022

प्रतिक्रिया दिनुहोस्