फेसन ‘कन्सस’ गर्जियस अभिनेत्री आँचल शर्मा

काठमाडौ । साउन २५, फेसन ‘कन्सस’ अभिनेत्री आँचल स्टाइलिससँगै गर्जियस पनि हुन् । जीवनशैली, सम्बन्ध र अभिव्यक्ति सँगै उनको पहिरनको समेत चर्चा हुने गर्छ ।
६ वर्षअघिको फिल्म ‘नाइँ नभन्नु ल ४’बाट फिल्म करिअर थालेकी आँचलले त्यसयता जोनी जेन्टलम्यान, शत्रु गते, ब्ल्याक र दाल भात तरकारीमा अभिनय गरीसकेकी छन् ।
उनको नयाँ फिल्म ‘झिंगे दाउ’ प्रदर्शनको तयारीमा छ । ‘झिंगे दाउ’को पत्रकार सम्मेलनमा आँचल निक्कै आकर्षक देखिएकी थिइन् । अर्को नयाँ फिल्म ‘वर एण्ड वधु’को छायांकन भर्खरै सकिएको जानकारी दिएकी छन ।
फिल्मभन्दा आँचल शर्माको निजी जीवन चर्चामा हुन्छ । उनको जीवनशैली, सम्बन्ध र अभिव्यक्तिले धेरै चर्चा पाउँछन् । उदीप श्रेष्ठसँग विवाह गरेयता आँचलको सक्रियतामा कमी छैन । तर यी चर्चासामु फिल्म करिअर भने ओझेलमा छ ।