केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विमान दुर्घटनामा मृत्युलाई पनि धोका दिएका बहादुर पाइलट ३६ दिनसम्म घनघोर जंगलमा जिउँदै

सहयात्रा टिभी

सेनाले २८ जनवरीमा ब्राजिलको पारा राज्यको अलेन्क्वेरबाट विमान उडाएको थियो। शंकास्पद प्राविधिक गडबडीपछि एन्टोनि योले विमानलाई जंगलमा आपतकालीन अवतरण गराएको थियो, लगत्तै उक्त विमान दुर्घटना भयो र उनी बेपत्ता भएका थिए मृत्युलाई धोका दिएका एक जना पाइलट गोही र सर्प भरिएको डरलाग्दो अमेजन जंगलमा ३६ दिनसम्म जीवितै रहन सफल भएको ब्राजिलियन खबरले जानकारी दिएको छ।

३६ दिनसम्म बेपत्ता भएका पाइलट  गोही र सर्प भरिएको अमेजनको डरलाग्दो जंगलमा एक महिनाभन्दा बढी समयसम्म चराका अण्डा र जंगली फलफुल खाएर  दुर्घटनाग्रस्त भएको विमानका ती पाइलट जीवित रहन सफल भए ।

३६ दिनसम्म बेपत्ता भएका सेना पाइलट (एन्टोनि यो सेना )  उनीलाई हराएको ५ हप्तापछि नाटकीय खोजी र उद्धार अभियानको सहयोगमा सोमबार आफ्नो परिवारसँग पुनर्मिलन भएको छ । सेनाले २८ जनवरीमा ब्राजिलको पारा राज्यको अलेन्क्वेरबाट विमान उडाएका थिए । लगत्तै उनी बेपत्ता भएका थिए । शंकास्पद प्राविधिक गडबडीपछि सेनाले विमानलाई जंगलमा आपतकालीन अवतरण गराएका थिए ।

भाग्यवश उनले विमानको भित्री भागमा आगो लाग्नुभन्दा पहिल्यै केही ब्रेड र अन्य सामग्री भएको एउटा झोला लिन सफल भए । उनी जंगलमा सहयोग खोज्दै भौंतारिँदै रहेका बेला ४ हप्तापछि उनले जंगलमा कटुस बटुल्न गएका केही व्यक्तिहरुलाई फेला पारे । ती स्थानीयले यसबारे खबर फैलाएपछि उनको उद्धार सम्भव भएको थियो ।
ब्राजिलियन खबर द सनका रिपोर्टअनुसार उनको अश्रुमिश्रित पारिवारिक पुनर्मिलन ब्राजिलियन टिभीमा प्रसारण गरिएको थियो । लगत्तै उनलाई अस्पतालमा भर्ना गरियो । उद्धारपछि भावुक बनेका एन्टोनियोले भने ‘यो अवधिमा मलाई बलियो राख्ने र मलाई त्यो कठिन परिस्थितिबाट बाहिर निकाल्न हिम्मत दिने कुरा भनेको मेरो परिवारका लागि मभित्र भएको प्रेम र मेरो परिवारलाई भेट्ने मेरो तीब्र इन्चा थियो । यो प्रेम र विश्वासको कथा हो ।’

सेनाका अनुसार उनले पहिलो हप्ता आफ्नो जलेको विमानको छेउमै बसेर बिताए । त्यो समयमा खोजी र उद्धार टिमका हेलिकप्टर र जहाजहरु आकाशमा घुमिरहे तर उनलाई फेला पारेनन् । त्यसपछि उनी सहयोग खोज्न हिँड्न थाले । त्यो दिन शनिबार थियो जुन दिन उनले जंगलमा कटुस बटुल्न आएकाहरुलाई फेला पारे जसले बाहिर सन्देश पठाए । त्यसपछि उनले ती व्यक्तिहरुको सहयोगमा आफ्नो आमालाई आफू जीवितै भएको बताउँदै फोन गर्न पाए । त्यतिबेला बल्ल आफू बाँच्न सक्छु भन्ने महसुस भएको उनले सुनाए ।

 

प्रकाशित : 10 August, 2022

प्रतिक्रिया दिनुहोस्