बालाजु जुत्ता कारखानाको आगो नियन्त्रणमा

काठमाडौँ । साउन २५, काठमाडौंको बालाजु बाइपासस्थित जुत्ता कारखानामा बिजुली सर्ट हुँदा बुधबार पौने १२ बजे सुरु भएको आगलागी दिउँसो २ बजे निभाइएको थियो ।
सोहि क्रममा गृहमन्त्री बालकृष्ण खाणले औद्योगिक क्षेत्रभित्र रहेको वान वर्ल्ड जुत्ता कम्पनीमा भएको आगलागीबाट पुगेको क्षति र आगलागी नियन्त्रणबारे सम्बन्धित निकायसँग सोध खोज गरेको जानकारी प्रापत भएको छ ।
श्रीराम पाण्डेले सञ्चालन गर्दै आएको वान वर्ल्ड फुटवेयर प्रालिमा बिजुली सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक मैनालीले जानकारी दिए। काठमाण्डौ र ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सात वटा दमकल सहित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी गरी चार सय हाराहारीमा सुरक्षा जनशक्ति र २० वटा निजी पानी ट्याङ्करको पनि प्रयोग गरि आगो नियन्त्रण गरेको मैनालीले जानकारी दिएका छन् ।
आगलागी नियन्त्रण गर्नका लागि दुई टहरा भत्काइएको उक्त टहराहरुमा जुत्ता कारखानाका सामाग्रीहरु र अर्को टहरामा क्राउड ट्रेडिङ एन्ड लेमिनेसनको पसल थियो दुवै कारखाना र पसलका सामान जलेको र आगलागीबाट कारखानामा थुप्रै भौतिकक्षति केहि जन घाइते समेत हुन सक्ने अनुमान लगाएको छ । क्षति विवरणमा कारखानामा १० हजार जोर जुत्ता तयारी अवस्थामा रहेको सञ्चालक पाण्डेले प्रहरीलाई जानकारी गराएका छन्। यद्यपि अरू क्षति विवरण आइसकेको छैन।
बिजुली सर्ट भएर लागेको आगलागी अहिले नियन्त्रणमा आइसकेको छ। तर अग्नि नियन्त्रकहरूले अझै पनि आगो बाँकी छ कि भनेर हेरिरहेको र क्षतिको विवरण सङ्कलन गर्दै गरेको प्रहरी उपरीक्षक मैनालीले जानकारी दिए ।