कोरोनाबाट ३ जनाको मृत्यु, ८६८ संक्रमित

काठमाडौं । साउन २५, नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ।
देशभर आज थप ८ सय ६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
६ हजार ७ सय ५ जनाको नमूना परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन।
बुधबार ४ सय १४ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ हजार ८ सय ८५ जना सक्रिय संक्रमित रहेका छन्।