डेङ्गीका बिरामी बढ्दै, लामखुट्टेलाई फैलिन नदिन लार्भा नष्ट गर्न शुरु

काठमाडौं । साउन २६, काठमाण्डौ उपत्यकाससहित ६० जिल्लामा डेङ्गीका बिरामी बढ्दै गएका छन् । पछिल्लो ८ महिनामा ९ सय ४ जनामा डेङ्गी पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । डेङ्गी फैलिन थालेपछि लामखुट्टेलाई फैलिन नदिन लार्भा नष्ट गर्ने काम शुरु गरिएको पनि जानकारीमा उल्लेख गरेको छ ।
लार्भा नष्ट गर्न स्थानियसँग समन्वय गरेर बस्ती वरीपरीका पानि जमेका स्थानमा औषधि छिटने र नष्ट गर्ने कार्य शुरु गर्ने पनि जानकारी दिनु भयो ।
महाशाखाका अन्तर्गतको भेक्टर कन्ट्रोल सेक्सनका प्रमुख डाक्टर गोकर्ण गौतमले गएको पुसदेखि हिजोसम्ममा ९ सय ४ जनालाई डेङ्गी भएको जानकारी दिनुभयो । गएको वर्षको यो अवधिमा ५ सय ४० जनालाई डेङ्गी भएको थियो । यसपालि छिट्टै पानी पर्न थालेकाले लामखुट्टेलाई वृद्धि विकास गर्ने वातावरण बन्दा डेङ्गी पनि फैलिएको डाक्टर गौतमले बताउनुभयो ।
विशेषगरी, विद्यालय परिसर, होटल, कार्यालय, गाडी बनाउने वर्कशप भएका ठाउँमा डेङ्गीको जोखिम बढेको देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको भेक्टर कन्ट्रोल सेक्सनका प्रमुख डाक्टर गोकर्ण गौतमले जानकारी दिनुभयो ।
डेङ्गी फैलिन थालेपछि इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पालिका तथा जिल्ला स्वास्थ्य कार्यालयहरुसँग समन्वय गरेर लामखुट्टेको लार्भा नष्ट गर्ने काम गरिरहेको छ । अहिलेसम्म ललितपुर र रुपन्देहीमा डेङ्गीका बिरामी धेरै भेटिएका छन् । यी दुई जिल्लामा १ सय ५० भन्दा धेरै जनामा डेङ्गी पुष्टि भएको छ । डेङ्गी फैलिने जोखिम अब झन् धेरै रहेको छ ।