केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मिटरब्याजीलाई कारबाही गर्न कार्यदल गठन : प्रधानमन्त्री

सहयात्रा टिभी

काठमाडौँ । साउन २७, सरकारले मिटरब्याजीलाई कारबाही गर्न अपराध नियन्त्रण कार्यदल गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट ६ सदस्यीय कार्यदल गठन गर्नुभएको हो ।

पछिल्लो समयमा मिटर व्याजिले सर्वसाधारणलाई व्यक्रिगत कामका लागी चर्को व्याजमा रकम दिने र अप्ठेरो परिस्थीतीमा पारी धम्की दिएर ज्यानमार्ने सम्म गर्दै आएको घटनाले उग्ररुप लिदै गरेको थियो । यसै क्रममा सरकारको यस निर्देशनलाई पालना गर्दै बनेको ब्युरोका कार्यदल गठन बाट अब समाजमा मिटरब्याजीहरु निरुत्साहि बन्दै अपराध नियन्त्रण हुने हाम्रो पनि विश्वास रहेको छ ।

गृह मन्त्रालयका सह–सचिव डा.भीष्म भुसालको संयोजकत्वमा रहेको कार्यदलमा नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान ब्युरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा सदस्य रहनुभएको छ ।

कार्यदललाई मिटरब्याजी समस्या बढी भएका जिल्लामा स्थलगत भ्रमण गरी समस्याका कारक तथा समाधानका उपायहरू पहिचान गर्ने, मिटरब्याजी अपराधमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन अन्तरनिकाय समन्वय र सहकार्य गर्ने तथा आउँदा दिनमा यस्तो अपराध न्यूनीकरण गर्न अवलम्बन गर्नुपर्ने उपायहरूका सम्बन्धमा सिफारिससहितको प्रतिवेदन पेस गर्ने लगायतका कार्यादेश दिइएको छ । विभिन्न जिल्लाका मिटरब्याज पीडितहरूले काठमाण्डौमा समेत प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित : 12 August, 2022

प्रतिक्रिया दिनुहोस्