केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘महानगर’ चाँडै नै प्रदर्शनमा ल्याउन तयारी

सहयात्रा टिभी

काठमाडौँ । साउन २७, कार्म र मेनुका प्रधान अभिनित फिल्म ‘महानगर’को आधिकारिक पोस्टर हालै सार्वजनिक गरिएको छ । निफमा राष्ट्रिय चलचित्रको क्याटगोरीमा उत्कृष्ट फिल्म, उत्कृष्ट पटकथा, अभिनय तथा निर्देशनको अवार्ड प्राप्त गरेको थियो ।

एक साँझ दुई अपरिचित व्यक्तिको अनायास हुने भेट र त्यसपछिको घट्नाक्रमको कथालाई लिएर बनेको फिल्मलाई मोहन राईले निर्देशन गरेका हुन् । फिल्म चाँडै नै प्रदर्शनमा ल्याउन तयारी भइरहेको कार्यकारी निर्माताले जानकारी दिएका छन् ।

सन् २०२१ म कोलकता अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा विश्व प्रिमियर भएको ‘महानगर’ अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभल, नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, वासिङ्गटन डी।सी। साउथ एसियन फिल्म फेस्टिभल, स्पेनको एसियन फिल्म फेस्टिभल बार्सिलोना र नेपालको पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल र नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा अफिसियल स्क्रिनिङ भइसकेको छ ।

माउन्टेन रिभर फिल्म्स तथा गो विन प्रोडक्सन्ससँगको सहकार्यमा मिडलवे फिल्म्सले निर्माण गरेको ‘महानगर’को लेखन निर्देशक राईले नै गरेका हुन् । फिल्ममा नरेन्द्र मैनालीको छायांकन, परीक्षित झाको सम्पादन, किशोर आचार्यको ध्वनि सम्पादन तथा पुष्पासंगमको संगीत रहेको छ ।

प्रकाशित : 12 August, 2022

प्रतिक्रिया दिनुहोस्