साफ यू–१७ : नेपालको पहिलो प्रतिद्वन्दी भुटान

काठमाडौँ । साउन २९, श्रीलंकामा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले भुटानको सामना गर्ने भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले आज सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले भुटानको सामना गर्ने भएको हो । प्रतियोगितामा नेपाल समूह–बी मा रहेको छ । नेपालको समूहमा भारत र भुटान रहेको छ ।
नेपालले भुटानसँग सेप्टेम्बर ७ मा प्रतिस्पर्धा गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा भारतसँग सेप्टेम्बर ९ मा खेल्नेछ ।
समूह–ए मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ ।
समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल सेप्टेम्बर १४ मा हुनेछ ।