जापानले बनायो पंखा जडित कपडा, झनै भाग्यमानी बन्दै घरपालुवा जनावर

सहयात्रा टिभी

काठमाडौँ । साउन २९, गर्मीको समयमा आफ्नो घरमा पालेका कुकुर तथा बिरालो लगायतका जनावरलाई आफुसँगै घरबाहिर लैजान समस्या पर्दछ । घरभित्रै पनि यी जनावरलाई निकै गर्मी महसुस हुने र आत्तिने जनावरका लागि अब पंखाजडित कपडा तयार पारेको कारण झनै भाग्यमानी बन्दै छन् ।

 

गर्मीका कारण घरमा पालेको कुकुर बिरालोलाई बाहिर डुलाउन लैजान नपाइने समस्याको समाधान निस्केको छ ।

जापानस्थित एक कपडा उत्पादक कम्पनीले जनावरका लागि पंखाजडित कपडा तयार पारेको छ । क्योमा रहेको स्वीट मम्मी नामक उक्त कम्पनीले त्यस्तो गज्जबको कपडा तयार पारेको हो ।

रिपोर्ट अनुसार घरपालुवा जनावरलाई एयर कण्डिसनरयुक्त कोठामा राख्नुभन्दा उक्त कपडा पहिराउनु निकै फाइदाजनक हुन्छ ।

प्रकाशित : 14 August, 2022

प्रतिक्रिया दिनुहोस्