पेलोसी फर्किएपछि अमेरिकी प्रतिनिधिमण्डल ताइवान भ्रमणमा
सहयात्रा टिभी
ताइपेइ । साउन ३०, अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएको १२ दिन भएको छ । उक्त भ्रमणले सिर्जना गरेको चीन–अमेरिका तनाव अझै सेलाउन सकेको छैन । तर, अमेरिकी सांसदहरूको नयाँ प्रतिनिधिमण्डल ताइवानको भ्रमणमा आएको छ ।
पेलोसीको भ्रमणपछि चीनले ताइवान स्ट्रेटमा ठूलो सैन्य अभ्यास सुरु गरेको थियो । यसको दुई साता नबित्दै अमेरिकी सांसदहरूको नयाँ प्रतिनिधिमण्डलले ताइवानको भ्रमणमा आएको हो । अमेरिकी सांसदहरूको पछिल्लो भ्रमणको नेतृत्व म्यासाचुसेट्सका सिनेटर मार्कीले गर्नेछन् ।
ताइवानले आइतबार नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको संयुक्त रूपमा संरक्षण गर्न र ताइवान स्ट्रेटमा सुरक्षाको रक्षा गर्न भारत लगायत सबै समान विचार भएका राष्ट्रहरूसँग घनिष्ठ समन्वय कायम राख्दै आफ्नो आत्मरक्षा क्षमतालाई निरन्तर बढाउने बताएको छ । सिन्ह्वा