केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नागरिकता विधेयक फिर्ताको सन्देश प्रतिनिधि सभामा पुग्यो

सहयात्रा टिभी

काठमाडौँ । साउन ३०, राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक सोमबार प्रतिनिधिसभामा पुगेको छ ।

राष्ट्रपति कार्यालयले पठाएको ९ पृष्ठ लामो पत्रमा उक्त विधेयक प्रतिनिधिसभाको जानकारी, विमर्श र अध्ययनका लागि फिर्ता पठाएको उल्लेख रहेको जनाएको छ ।
जसमा राष्ट्रपति भण्डारीले ८ वटा बुँदामा आफ्नो सन्देश पनि पठाएकी छन् । राष्ट्रपति भण्डारीले विधेयकमा पुनर्विचार गर्न आवश्यक भएको भन्दै विधेयक फिर्ता पठाउनुभएको थियो ।

राष्ट्रपति कार्यालयले पठाएको पत्रमा सङ्घीय संसदबाट पुनः गहन अध्ययन, छलफल र विश्लेषणसहित पुनर्विचार गरियोस् भनी विधेयक फिर्ता पठाएको उल्लेख छ ।

साउन ६ गते प्रतिनिधि सभा र साउन १२ गते राष्ट्रिय सभाबाट बहुमतले पारित विधेयक प्रमाणीकरणका लागि संसद्ले साउन १५ गते राष्ट्रपति कार्यालयमा पठाएको थियो । संवैधानिक व्यवस्थाअनुसार विधेयक राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण वा फिर्ता गर्न समय दिएको थियो ।

 

प्रकाशित : 15 August, 2022

प्रतिक्रिया दिनुहोस्