केपी ओली प्रचण्ड माधव नेपाल एमाले


४ बुँदे सहमतिपछि वीरगञ्जले छाडिदियो ४ ट्रक मल

सहयात्रा टिभी

काठमाडौँ । साउन ३०, वीरगञ्ज महानगरपालिकाले थप १० हजार बोरा युरिया मल पाउने ४ बुँदे सहमतिपछि आफूले कब्जामा लिएको ४ ट्रक मल छाडिदिएको महानगरपालिकाले  जनाएको छ ।

वीरगञ्ज महानगरपालिकाले आइतबार कृषि सामग्री कम्पनीको ४ ट्रक मल नियन्त्रणमा लिएको थियो । सोमबार वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र कृषि सामग्री कम्पनीका प्रादेशिक प्रमुख चन्द्रप्रसाद चौलागाईंबीच सोमबार ४ बुँदे सहमति भएको छ ।

जसमा वीरगञ्ज महानगरपालिकाले यसअघि पाउने भनिएको दुई हजार ७७१ बोरा मलबाहेक थप ६ हजार बोरा र कलकत्ताबाट आयात हुने मलमध्ये ४ हजार बोरा मल गरेर थप १० हजार बोरा यसै साता उपलब्ध गराउने सहमतिमा उल्लेख छ ।

 

 

प्रकाशित : 15 August, 2022

प्रतिक्रिया दिनुहोस्