केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ई–पासपोर्ट भने पनि केवल फर्म भर्ने काम मात्र अनलाइन भौतिक रुपमा लाइनकै सास्ती

सहयात्रा टिभी

काठमाडौँ । भदौ १, त्रिपुरेश्वरको नयाँ भव्य भवनमा नारायणहिटीबाट सरेपछि सेवाग्राहीलाई लागेको थियो अब पासपोर्ट सजिलै पाइनेछ । त्यसमा अनलाइन प्रणालीसमेत अपनाएपछि पासपोर्ट वितरण झनै सहज हुन्छ होला सेवाग्राहीलाई लागेको थियो । तर, त्यसो हुन सकेन ।

विभागले अनलाइन सेवा भने पनि सम्पूर्ण काम अनलाइन हुँदैन । केवल फर्म भर्ने काम मात्र अनलाइन हुन्छ । फर्म भरिसकेपछि फर्म लिएरै रुजु गर्न भौतिक रुपमा उपस्थित हुनुपर्छ । बैंक पनि विभागभित्र भएको हुँदा बैंकमा पैसा बुझाउन पनि लाइन बस्नुपर्छ । साथै बायोमेट्रिक गर्न पनि भौतिक रुपमा उपस्थित हुनुपर्छ । अर्को कुरा कन्सुलर सेवा विभाग पनि राहदानी विभागभित्रै छ । जहाँ विभिन्न दस्तावेजहरु प्रमाणित गर्न जानुपर्छ ।

ई–पासपोर्ट भने पनि केवल फर्म भर्ने काम मात्र अनलाइन र बाँकी सबै कामको लागि मान्छे आफैँ उपस्थित हुनुपर्ने साथै दैनिक झण्डै ५/६ हजार मान्छे आउने हुँदा विभागको भिड कम गर्न नसकिएको प्रवक्ता पौडेलले जनाउनु भयो ।

एक हप्ता कुरेर कोशिस गरे पनि अझै अनलाइन फर्म भर्न नसक्नु । पासपोर्टका लागि अनलाइन फर्म पहिले बेलुकी ४ बजेपछि खुल्थ्यो, अहिले बिहान ११ बजे नै खुल्छ । त्यसमा पनि धेरैको फर्म समावेश हुँदैन । घरबाटै अनलाइन फर्म भर्नेहरु धेरैको फर्म समावेश नभएको गुनासो छ ।

तर, विभाग नजिक अनलाइन फर्म भर्न भनेर बसेकाहरुले फर्म भर्दा भने समावेश हुने गरेको छ । सामान्यतया एउटा अनलाइन फर्म भरेको २ सय रुपैयाँ लिने गरेका छन् फर्म भर्नेहरुले । तर, यसमा पनि २ हजार रुपैयाँदेखि ४ हजार रुपैयाँ लिने गरेको बताउँछन् सेवाग्राही ।

प्रकाशित : 17 August, 2022

प्रतिक्रिया दिनुहोस्