नेदरल्याण्ड्स लाई पछि पार्दै एकदिवसीय क्रिकेटमा पाकिस्तान विजयी
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौँ । भदौ १, नेदरल्याण्ड्ससँगको पहिलो एकदिवसीय क्रिकेटमा पाकिस्तान १६ रनले विजयी भएको छ ।
रोटरड्याममा भएको खेलमा पाहुना टोली पाकिस्तानले दिएको ३ सय १५ रनको लक्ष्य पछ्याएको घरेलु टोली नेदरल्याण्ड्स्सले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९८ रन मात्र बनाउन सक्यो ।
उसका लागि बिक्रमजित सिंह, स्कट एडवार्ड र टम कुपरले अर्धशतकीय पारी खेल खेलेका जनाएका थिए । कप्तान एडवार्ड ७१ रनमा अविजित रहे ।
बिक्रमजित र कुपरले समान ६५ रन जोडे । पाकिस्तानका हरिस रउफ तथा नसिम शाहले समान ३र३ र मोहम्मद नवाज तथा मोहम्मद वासिमले समान १र१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १४ रन बनाएको थियो ।
उसका फकर जमानले १ सय ९ रनको शतकीय तथा कप्तान बाबर अजामले ७४ रनको अर्धशतकीय पारी खेल खेलेका जनाएका थिए ।