राष्ट्रिय टिममा नियमित प्रशिक्षण सुरु गर्दै प्रदीप हुमागाईं

हुमागाईंले बिहीबार राष्ट्रिय टिममा बोलाइएका १७ जना खेलाडीसँग पहिलो सैद्धान्तिक प्रशिक्षण दिइएको । पहिलो दिन भएकाले सैद्धान्तिक प्रशिक्षण दिइएको र शुक्रबारदेखि नियमित प्रशिक्षण सुरु हुने जानकारी दिए।
मैले मेरो प्रशिक्षण करिअरको सुरुवातदेखि नै चुनौतीपूर्ण समय बेहोरेको छु । यो मेरो मिहिनेत, अनुभव र विश्वासको परिणाम पनि हो’, हुमागाईंले बोल्दै अब देखाउने समय आएको छ भन्ने जानकारी दिए।
। सन् २०१३ मा काठमाडौं क्लबको प्रतिनिधित्व गर्दै महिला टिम लिएर नर्वेको फुटबल फेस्टिभलमा पुगे । सोही वर्र्ष उनले काठमाडौं युनिभर्सिटीको टिमसहित नर्वे भ्रमण गरे । लिग विजेता प्रशिक्षक भएर पनि ए डिभिजन क्लबको नजरमा नपरेका हुमागाईं २०१४ मा अमेरिका पलायन भए । प्रशिक्षकका रुपमा पनि उनको करिअर अप्रत्यासित देखिन्छ ।
२०६८ सालको ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लबबाट इन्टर्न प्रशिक्षकका रुपमा काम गरेको अर्को वर्ष घरेलु फुटबलको महारथी क्लब थ्रीस्टारले उनलाई सहायक प्रशिक्षक बनायो । २०६९ सालको लिग जित्नु केही समयअघि प्रमुख प्रशिक्षक मेघराज केसीले राजीनामा दिएपछि हुमागाईंले मुख्य प्रशिक्षकको हैसियतमा लिग उपाधि उचाले । यो उनको करिअरकै अप्रत्यासित अवसर र कोशेढुंगा थियो ।
१० खेलाडीको अनुपस्थितिमा एसियन कप खेलेको नेपाली टिम अहिले छिन्नभिन्न स्थितिमा छ । नयाँ खेलाडी र सिनियर खेलाडीको तालमेल मिलाउनु हुमागाईंको मुख्य चुनौती हो । उनले असोज ११ गते दशरथ रंगशालामा हुने बंगलादेशसँगको मैत्रीपूर्ण खेल जित्ने लक्ष्य राखेका छन् ।
कतार फुटबल संघको सहयोगमा डेढ वर्षअघि नेपाली टिम सम्हाल्ने जिम्मेवारी पाएका कुवेती प्रशिक्षक अल्मुताइरी एसियन कप छनोटपछि नेपाल फर्किएका छैनन् । एसियन कप छनोटअघि बन्द प्रशिक्षणमा खेलाडीसँगको गम्भीर विवाद, एन्फाको वर्तमान कार्यसमितिसँग पुरानो ‘दुश्मनी’लगायतका कारण अल्मुताइरीको नेपाल फिर्ती लम्बिरहेको छ ।अल्मुताइरीको अनुपस्थितिमा सहायक प्रशिक्षकलाई जिम्मेवारी दिन खेलाडी–प्रशिक्षक विवाद जाँचबुझ समितिको प्रतिवेदन बाधक बन्यो । त्यसपछि एन्फाले हुमागाईंलाई बोलाउने सजिलो बाटो रोजेको हो ।