जापानमा युवाहरूमाझ रक्सीको माग बढाउन ‘सेक भाइभा’ प्रतियोगिता आयोजना

सहयात्रा टिभी

काठमाडौं । भदौ ३, सिएनएनका अनुसार जापान सरकार भने आफ्नो देशका युवायुवतीले रक्सी खान छोडेकोमा चिन्ता व्यक्त गर्दै युवाहरूमा कसरी पिउने बानीको विकास गर्न सकिन्छ भनेर अहिले जापान सरकार अध्ययनमा  भर्खरै एउटा प्रतियोगिता आह्वान गरिएको छ।

उक्त प्रतियोगितामा युवाहरूमाझ रक्सीको माग बढाउन के-के गर्न सकिन्छ भन्ने प्रस्ताव पेस गर्नु पर्नेछ। ‘सेक भाइभा’ नाम दिइएको उक्त प्रतियोगितामा सेप्टेम्बर ९ सम्म प्रस्ताव पठाउन सकिनेछ। प्रतियोगितामा उत्कृष्ट हुने प्रस्तावलाई कार्यान्वयन गर्न सरकारले सहयोग गर्नेछ।

जापानको सरकार अहिले संसारका धेरै मुलुकलाई अनौठो लाग्ने काम गरिरहेको छ।अरू देशका सरकार आफ्ना युवाहरूलाई जाँड-रक्सी नखाऊन् भनेर विभिन्न जनचेतनामूलक कार्यक्रम गरिरहेका हुन्छन् । कतिपय ठाउँमा त रक्सीको सार्वजनिक बेचबिखन नै प्रतिबन्ध लगाइएको छ। सरकारले भने युवा-युवतीहरूमा रक्सीको खपत कम हुँदा राजश्वमा कमी भएको बताएको छ।

जापानी युवा(युवतीहरूमाझ रक्सीको खपत कम हुनुमा दुइटा कारण छन् । पहिलो, अहिले जापानको जनसंख्या वृद्धिदर ऋणात्मक छ। जन्मदर कम हुँदा जनसंख्यामा युवाहरूको हिस्सा सानो र बुढाबुढीको हिस्सा ठूलो हुँदै गएको छ। जनसंख्या नै कम भएपछि केही दशक पहिलाभन्दा अहिले रक्सी सेवन गर्ने युवा(युवती कम भएका छन् ।

दोस्रो, कोरोना महामारी रोक्न लगाइएको प्रतिबन्ध। रक्सीमाथिको कर जापान सरकारको एक प्रमुख आयस्रोत हो। सन् १९८० मा रक्सीबाट उठाएको कर कुल कर राजश्वको पाँच प्रतिशत थियो। रक्सीको स्वदेशी बजारलाई धरासायी हुन नदिन र राजश्व बढाउन जापान सरकारले युवाहरूलाई रक्सी पिउने बनाउने अहिले उपाय खोजिरहेको हो।

प्रकाशित : 19 August, 2022

प्रतिक्रिया दिनुहोस्