स्वास्थ्यका लागि हानिकारक लिड तत्व घरमा पालेको कुखुराको अण्डामा

काठमाडौं । भदौ ३, घरमा पालेको कुखराले पारेको अण्डा र आफ्नै खेतबारीमा उब्जाएको सागसब्जी भन्दा ताजा सायद अरु केही हुँदैन । अष्ट्रेलियामा करीब ४ लाख मानिसहरुले आफ्नो घरमै कुखुरा पाल्दछन् ।
नेपालमा पनि ग्रामीण क्षेत्रमा अधिकांश परिवारहरुले घरमा कुखुरा पाल्ने गरेको पाइन्छ । घरमै कुखुरा पालेका मानिसहरुले ताजा अण्डा खान पाउँछन् । तर, वैज्ञानिकहरुका अनुसार अण्डाको हकमा केवल ताजा हुनु मात्रै पर्याप्त हुँदैन ।
हलै गरिएको एक अध्ययन अनुसार घरमा पालिएको कुखुराको अण्डामा व्यवसायिक रुपबाट उत्पादित अण्डाको तुलनामा औषतमा ४० गुणा धेरै सिसा अर्थात् लिड तत्व हुन्छ । माटोमा सिसा भएमा त्यसको अधिकांस हिस्सा कुखुरामा पुग्दछ किनकी कुखुराले भुइँमा खोस्रिएर आफ्नो चारो खोजेर खान्छ ।
शेधकर्ताहरुले घरमा पालेको कुखुरा र उसको अण्डाको जाँच गर्दा आधाजसो कुखुरा र आधाजसो अण्डामा सिसाको स्तर उच्च पाए, जुन उपभोक्ता स्वास्थ्यको दृष्टिले हानिकारक हुन्छ । सिड्नीका ५५ घरको बगैँचाको माटोको परीक्षण गरे । त्यसबाट उनीहरुले घरमा पालिने कुखुरा र त्यसका अण्डामा सिसाको संक्रमण पत्ता लाग्यो ।
स्मरण रहोस् सिसाको मात्रा निकै कम हुँदापनि मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यसबाट मुटुरोग, सुस्त मानसिक अवस्था तथा मृगौलाको रोग लाग्न सक्दछ । विश्व स्वास्थ्य संगठनका अनुसार सिसाको मात्रा कति स्तरसम्म सुरक्षित हुन्छ भन्ने बारेमा कुनै मापदण्ड छैन ।