ब्ल्याकपिंक रिलिजको २४ घण्टाभित्र १२ करोडभन्दा माथि भ्युज ‘बर्न पिंक’ तयारीमा

सहयात्रा टिभी

काठमाडौं । भदौ ५, दक्षिण कोरियाली गर्ल्स ब्यान्ड ब्ल्याकपिंकको नयाँ गीत ‘पिंक भेनम’ले रिलिजको २४ घण्टामै यस वर्ष सर्वाधिक हेरिने युट्युब भिडियोको विश्व कीर्तिमान राखेको छ ।

भेराइटी म्यागजिनका अनुसार यो गीतलाई यस अवधिमा ८ करोड ६२ लाख पटक हेरिएको छ । कोरियाली समयानुसार शुक्रबार दिउँसो १ बजे गीत रिलिज भएको थियो ।यो समाचार तयार पार्दासम्म गीतको कुल भ्युज १२ करोडभन्दा माथि नाघिसकेको छ । योसँगै युट्युबको इतिहासमा अहिलेसम्म २४ घण्टाभित्र सर्वाधिक हेरिएको भिडियोको चौथो स्थानमा पिंक भेनम सूचीकृत भएको छ ।

यो दक्षिण कोरियाली अंग्रेजी पप ब्यान्डको आगामी एल्बम ‘बर्न पिंक’ रिलिज तयारीमा छ । फ्यानमाझ युट्युबको २४ घण्टे कुल भ्युज गीतको लोकप्रियता मापन गर्ने सूचक समेत बनेको छ ।

 

 

प्रकाशित : 21 August, 2022

प्रतिक्रिया दिनुहोस्