केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कुशे औंषि वुबाको मुखहेर्ने विषेस चाड संगै आज मोति जयन्ती पनि

सहयात्रा टिभी

काठमाडौं । भदौ ११, कुशे औंषि वुबाको मुखहेर्ने विषेस चाड संगै आज मोति जयन्ती पनि रहेको छ । हिन्दुधर्मालम्बीहरूले भाद्र कृष्ण औंसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । पिता गुमाएकाहरूले भने उपत्यकाको उत्तर–पूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने परम्परा छ ।

त्यस्तै, बेत्रावती उत्तरगयालगायत पवित्र स्थलमा आजकै दिन पितृप्रति सम्मानका साथ श्राद्ध गर्ने गरिन्छ । यसो गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता छ ।त्यसैले आज बिहानैदेखि गोकर्णेश्वर र बेत्रावतीलगायत स्थानमा मेला लागेको छ । गोकर्णमा विशेष मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औंसी पनि भनिन्छ ।

आजको दिन बिहानै कुशलाई घरमा भित्र्याइन्छ । कुशको महिमालाई श्रीमद्भागवत गीता, गरुड पुराण, अथर्व वेद र विष्णु पुराण मासमेत वर्णन गरिएको छ । हिन्दु धर्मको दैनिकी र संस्कारहरू अत्यन्तै वैज्ञानिक छन्, गीता र वेद नै आविष्कारका जननी हुन् ।
कुशे औँसीलाई बुबाको मुख हेर्ने औँसी पनि भनिन्छ ।

आमाको मुख हेर्ने दिनमा आमाको सम्झना गरियो । गुरु पूर्णिमामा गुरुको सम्झना गरियो भने आजको दिन पिताको सम्मान, सम्झना अनि विशेष समर्पण गर्ने दिन । संसारमा हरेक बिहान बिस्तारै गएर एउटा साँझमा रूपान्तरित हुन्छ । बिहान उदाएका सूर्य अस्ताउने रीत छ । यिनै दिन र साँझको क्रमसँगै जीवन बढ्दै गएर कहिले बुबा त कहिले छोरा, कहिले आमा त कहिले छोरीको भूमिका निर्वाह गर्ने क्रम चलिरहन्छ ।

चाहे जुनसुकै धर्म या सम्प्रदायका भए पनि बुबाको हात समातेर तोते बोली बोल्दै लरबराएका पाइला चाल्न सिकेको हामीमध्ये धेरै छौँ । त्यसरी ताते–ताते गरेर हिँड्न सिकाउने, हाम्रो जीवन सजाउन दिन–रात अहोरात्र खटेर हामीलाई कर्म दिने अनि सुरक्षा दिने बुबा । सायद, शब्दले व्याख्या गर्न सकिन्न । तिनै बुबाहरूको बुढेसकालको बलियो लाठी बन्न हामीमध्ये धेरैले कडा परिश्रम पनि गरिरहेका छौँ होला,  जे होस् आमा–बुबा नै यस जगत का देख्न सकिने भगवान् हुन् ।

कुश भित्र्याउने चटारोका बीचमा आजको दिन नेपाली साहित्य क्षत्रका युगकवि मोतीराम भट्टको जन्म जयन्ती पनि हो । नेपाली साहित्यमा समालोचनाको प्रारम्भ गर्ने मोतीरामलाई आदिकवि भानुभक्तसँगै श्रद्धापूर्वक लिइने पहिलो नाम पनि हो । नेपाली भाषामा गजलको प्रारम्भ यिनै महान् मोतीरामले गरेका हुन् । उनका गजलमा प्रेम पाइन्छ, नारी सङ्गत र सामीप्ययता पाइन्छ । शृङ्गार रसले भरिएका उनका गजलहरू अत्यन्तै लोभ लाग्दा छन् ।

प्रकाशित : 27 August, 2022

प्रतिक्रिया दिनुहोस्